नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएको दाबी


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गिएको दाबी गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको नेताहरुले बताएका छन् ।

क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समिति गठन गरिएको थियो ।

सभापति देउवालाई सहमतिको प्रतिवेदन आज बेलुका नै बुझाउने समितिको तयारी छ । बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो ।

काँग्रेसको १४औँ महाधिवेशन आउँदो मङ्सिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस