स्वास्थ्य सामग्री वितरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सामग्री वितरण


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँच पोखरी गाउँपालिकाका ५०० घरपरिवारलाई लक्षित गरी स्वास्थ्य सामग्री र औषधि वितरण गरिएको हो ।

फाउण्डशेनका अध्यक्ष डा सुमन शम्शेर थापाले ती सामग्री हस्तान्तरण गर्दै बाढी र पहिराबाट प्रभावित जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिएको बताए ।

उनले राजधानीमा बसोबास गर्ने सहरी गरिबलाई लक्षित गरी थापाथलीमा सामुदायिक अस्पताल सञ्चालन गरिएको र निकट भविष्यमा जाजरकोटमा पनि अस्पताल स्थापना गर्न लागिएको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस