दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु


६ भाद्र २०७८, आइतबार


काठमाडौँ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा २७५६ नम्बरको मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस