भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन


६ भाद्र २०७८, आइतबार


नयाँ दिल्ली । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन भएको छ । ८९ वर्षका सिंहको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्रीका साथै राज्यपालसमेत रहेका सिंह दुई महिनादेखि अस्पतालमा भर्ती थिए । ७ दिनदेखि उनी भेन्टिलेटरमा थिए । २१ जुनमा उनलाई श्वास लिन गाह्रो भएपछि लखनउको लोहिया अस्पतालमा भर्ती गरिएको थियो । स्वास्थ्य स्थितिमा सुधार नभएपछि गत ४ जुलाईमा उनलाई पीजीआई सारिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले र गृहमन्त्री अमित शाहले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पनि सिंहको निधनमा दुःख व्यक्त गर्दै नरौरास्थित गङ्गा तटमा सोमबार उनको अन्तिम संस्कार गरिने जानकारी दिएका छन् । योगीले प्रदेशमा ३ दिन राजकीय शोकको घोषणा गरेका छन् ।

कल्याण सिंह यूपीमा भाजपाका पहिलो मुख्यमन्त्री थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस