देशका अधिकांश भागमा वर्षाको सम्भावना « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

देशका अधिकांश भागमा वर्षाको सम्भावना


५ भाद्र २०७८, शनिबार


काठमाडौँ। आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ । प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १ र वाग्मती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम देखिएकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस