नेपाल धितोपत्र बोर्डको नतिजा सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल धितोपत्र बोर्डको नतिजा सार्वजनिक


५ भाद्र २०७८, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले लिएको धितो पत्र बोर्डको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । बोर्डको सहायकदेखि निर्देशक पदसम्मको लागि दर्खास्त माग भएको विज्ञापनमा गत फागुनमा लिइएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

सहायक पदमा तीन जनाको माग गरिएकोमा १०० जनाले परीक्षा दिएका थिए । जसमध्ये ७ जना छनौट भएका छन् । यस्तै वरिष्ठ सहायकका लागि खुला र महिला गरी दुई जना मागिएको थियो । जसमा खुलामा चार र महिला चार गरी ८ जना उत्तीर्ण भएका छन् ।

यसैगरी सिए पदका लागि एक जना मागिएकोमा एक जनाको मात्रै दरखास्त परेको थियो । एक जना कानुन अधिकृत माग भएकोमा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन् ।

यस्तै सहायक निर्देशकका लागि दुई जनाको माग भएको थियो । जसमा ४२ जनाले परीक्षा दिएकामा चार जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । एक जना निर्देशक(सिए) आवश्यक रहेकोमा दुई जना उत्तीर्ण भएका छन् । यस्तै निर्देशकाका लागि दिएको परीक्षामा खुला र महिला गरी ६ जना उत्तीर्ण भएका छन् । जसमा २० जनाले परीक्षा दिएका थिए ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस