माधव नेपाल र महन्थ ठाकुरको पार्टीलाई आयोगले सनाखतका लागि बोलायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपाल र महन्थ ठाकुरको पार्टीलाई आयोगले सनाखतका लागि बोलायो


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ ।

आयोगको आज (शुक्रबार) बसेको बैठकले माधवकुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।

सनाखतका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाम मिल्दो जुल्दो भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस