नदीमा बगेर बैतडीका एक जना बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नदीमा बगेर बैतडीका एक जना बेपत्ता


४ भाद्र २०७८, शुक्रबार


ढल

बैतडी । शुक्रबार सुर्नया नदीमा बगेर बैतडीका एक जना बेपत्ता भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउँद नदीमा बगेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउँद बेपत्ता भएका हुन् ।

बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भए पनि लगातारको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस