पछिल्लो २४ घण्टामा थप ३,०४२ जनामा कोरोना सङ्क्रमण, २६ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ३,०४२ जनामा कोरोना सङ्क्रमण, २६ जनाको मृत्यु


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार २४४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस