एमालेलाई एकताबद्ध बनाउन माग « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

एमालेलाई एकताबद्ध बनाउन माग


४ भाद्र २०७८, शुक्रबार


कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ ।

सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखा परेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीमा देखा परेका चुनौतीलाई समान गर्न आग्रह गरे ।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा गम्भीर हुन र खोप अभियानलाई पारदर्शी एवं प्रभावकारी रुपले सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस