पाइपलाइन विस्तारका क्रममा घर भत्कियो « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पाइपलाइन विस्तारका क्रममा घर भत्कियो


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस