महन्थ ठाकुर पक्षको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महन्थ ठाकुर पक्षको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। महन्थ ठाकुर पक्षले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ ।

नेता केशव झाले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको जानकारी दिएका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको हो।

साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता झाले जनकारी दिए ।

यसका साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस