एमाले समाजवादी दर्ता नगर्न एमालेकाे निर्वाचन आयोगलाई आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले समाजवादी दर्ता नगर्न एमालेकाे निर्वाचन आयोगलाई आग्रह


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेता माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।

शुक्रबार (आज) आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस