शर्मा सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शर्मा सचिवमा बढुवा


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

शर्मासँगै निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबीलाल पन्थको नाम सिफारिस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस