अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेश मन्त्री « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेश मन्त्री


३ भाद्र २०७८, बिहिबार


बेइजिङ । चीनले अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रीले बुधबार सो धारणा राखेका हुन् । उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् ।

चिनियाँ विदेश मन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ ।

बुधबार साँझ विदेश मन्त्री वाब यी र पाकिस्तानी विदेश मन्त्री साहमोहमद कुरेसीबीच फोन वार्ता भएको थियो । त्यस फोन वार्ताका क्रममा विदेश मन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका हुन् ।

उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका थिए। त्यस फोन वार्ताका क्रममा विदेश मन्त्री वाब यीले भनेका थिए कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्मा हुने स्थान बन्नु हुँदैन। गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् ।

उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तव्यस्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस