पछिल्लो २४ घण्टामा थप ३,०७५ जनामा कोरोना सङ्क्रमण, ३३ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ३,०७५ जनामा कोरोना सङ्क्रमण, ३३ जनाको मृत्यु


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १२६ सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस