अर्थका तीन सहसचिवको जिम्मेवारी बाँडफाँड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थका तीन सहसचिवको जिम्मेवारी बाँडफाँड


३ भाद्र २०७८, बिहिबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

केही दिन अघि मन्त्रालय सरुवा भएका सहसचिवत्रय शोभाकान्त पौडेल, भूपाल बराल र नारायण सापकोटालाई मन्त्रालय तथा अन्तर्गतका विभागीय जिम्मेवारी दिइएको हो ।

बुधवारको मन्त्री स्तरीय निर्णयबाट सहसचिव शोभाकान्त पौडेललाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा पठाइएको छ भने भूपाल बराल मन्त्रालयकै बजेट महाशाखा प्रमुख र भन्सार विभागको महानिर्देशकमा नारायण सापकोटालाई खटाइएको हो ।

यसअघि आराबिमा झक्क प्रसाद आचार्य, बजेट महाशाखामा सुमन शर्मा र भन्सार विभागमा यमलाल भुसाल रहेका थिए । प्रदेश जाने लाइनमा रहेका उनीहरू तीनै जनालाई मन्त्रालयमा तानिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस