एमाले फुटेको छैन, केही मानिस चोइटिएर गएका मात्रै हुन् : केपी ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले फुटेको छैन, केही मानिस चोइटिएर गएका मात्रै हुन् : केपी ओली


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको दाबी गरेका छन् । एक अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई केही मानिस पार्टीबाट चोइटिएर गएको जिकिर गरे । ‘एमाले विभाजित भएको होइन, टुक्रिएको वा चोइटिएको हो,’ उनले भने, ‘केही मानिसहरु पार्टीबाट अलग भएको हो ।’

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको दाबी गर्दै ओलीले पार्टी एकताको कोशिस नै गरेन भन्नु पूर्वाग्रही र गलत कुरा भएको बताए । प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्विरोध गर्दै विश्वासको मत नदिने, एमालेको सरकार भत्काउने अवस्था आउँदा–आउँदै आफूले कारबाही नगरेको स्मरण गर्दै ओलीले आफूले एमाले जोगाउन भरमार प्रयास गरेको जिकिर गरे ।

‘दुई वर्ष भयो होला माधव नेपालले अहिलेसम्म फोन गर्‍या छैन, मैले लगातार फोन र कुराकानी गरिरहेको छु,’ उनले भने, ‘प्रधानमन्त्री कहाँ भेट्दिन भन्दा पनि मैले उहाँले जहाँ भन्नु भयो त्यहाँ गएर भेटेको छु, मैले कहाँ अहंकार देखाएँ ?’ अध्यक्ष ओलीले माधव नेपाल आफैले चाहेर एमालेबाट नछुटेको हुनसक्ने बताए ।

उनले भने, ‘माधव नेपालभन्दा उहाँलाई एमालेबाट छुटाउने तागत बलियो भएका कारण उहाँको केही नलागेको हुनसक्छ ।’ माधव नेपाललाई अलग गराउन ठूलै शक्ति लागेको बताउँदै ओलीले एमालेमा कुनै किसिमको विवाद नभएको पनि दाबी गरे । ‘एमालेमा कुनै किसिमको अन्तर कलह छैन, तर नेपालले मात्रै निहुँ खोजिरहे’, उनले भने, ‘एमाले फुटेको होइन, केही मानिस अलग्एिका मात्रै हुन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस