‘देशभर वहुमत सरकार भएको प्रतिपक्ष हो एमाले’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘देशभर वहुमत सरकार भएको प्रतिपक्ष हो एमाले’


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी मात्र नभई देशभर वहुमतको सरकार भएको दल भएको दावी गरेका छन् ।

आज (बिहीबार) जिल्ला समन्वय कमिटी भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमालेकै बहुमतको सरकार रहेको दावी गरे । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

उनले भने, ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौं । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौं ।’ उनले देशको विकास मात्रै एमालेको अर्जुनदृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस