आजबाट नेपाल आइडल सिजन-४ को डिजिटल अडिसन शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजबाट नेपाल आइडल सिजन-४ को डिजिटल अडिसन शुरु


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ ।

यहि भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म हुने भएको छ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गरि नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ ।

एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गराएर अपलोड गरि अडिसन दिन सकिने छ । अहिले प्रतियोगीहरुबाट गीत अपलोड गर्ने क्रम जारी रहेको छ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपालीले सहभागीता जनाउन पाउने छन् ।

‘नेपाल आइडल सिजन–४’मा यसअघिका निर्णायक नहुने आयोजक टिमले बताएको छ । निर्णायक को हुने भन्ने बारे भने शुक्रबार मात्र फाइनल हुने छ ।

प्रतिक्रिया दिनुहोस