अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उनले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी बे्राडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आएका थिए । पछिल्लो समय सञ्चार उद्यमीको सङ्गठन मिडिया एरलाइन्स र सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको वक्तव्यमा उल्लेख छ ।

‘कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस