काँग्रेस नेता प्रदीप गिरी अस्वस्थ, मुम्बईको जाँ अस्पताल भर्ना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस नेता प्रदीप गिरी अस्वस्थ, मुम्बईको जाँ अस्पताल भर्ना


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित जाँ अस्पतालमा भर्ना भएका छन् ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको मुम्बई पुगेका उनी अहिले मुम्बईस्थित हिन्दु जा अस्पतालमा उपचार गराइरहेका छन् ।

उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ । उनको घाँटीमा समस्या देखिएको बताइएको छ।

काँग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारत प्रस्थान गरेका छन् । निधिले शुक्रवार गिरीलाई भेट्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस