इजरायल र नेपालका विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इजरायल र नेपालका विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबिच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल/इजरायलबिच सो समझदारी पत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिए।

इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबिच भएको उक्त समझदारी पत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए।

शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबिच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए ।

सोही अवसरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबिच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो ।

समझदारी पत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा बु्ररिया एडिनीले हस्ताक्षर गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस