बैतडीमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना


३ भाद्र २०७८, बिहिबार


बैतडी । भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो ।

कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो । उनले भने, ‘कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौँ ।’

बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो । अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए । उनले भने, ‘तेस्रो लहरको पूर्वतयारीस्वरुप बैंक स्थापनाले महामारी फैलिए पनि उपचारमा सहज हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस