देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् । उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको बताइएको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा छलफल हुने जनाइएको छ । एमालेका वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस