राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन


३ भाद्र २०७८, बिहिबार


काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।

कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए। उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए। वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस