‘जसपा लोकतान्त्रिक’ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘जसपा लोकतान्त्रिक’ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) गठनका लागि निवेदन लिएर सो पार्टीका नेता निर्वाचन आयोग पुगेका हुन् ।

नेता राजेन्द्र महतोले जसपा लोकतान्त्रिक दर्ताका लागि सांसदहरु निर्वाचन आयोगमा उपस्थित भएको जानकारी दिए । उनका अनुसार पार्टीको झण्डामा तीन रंग रहनेछ भने साइकल चुनाव चिह्न हुनेछ । साइकल गतिशीलताको प्रतीक भएकाले यो चुनाव चिह्न राखेको शरतसिंह भण्डारीले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस