मर्स्याङ्दीमा आएको बाढीले बगायो पुल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मर्स्याङ्दीमा आएको बाढीले बगायो पुल


२ भाद्र २०७८, बुधबार


दमौली । मङ्गलबार राति परेको वर्षाले मर्स्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो ।

व्यास नगरपालिकास्थित छाब्दी दोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो । ‘उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,’ तिमिल्सिनाले भने ।

गत असार १७ गते आएको बाढीले छाब्दी खोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मर्स्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस