कारबाही रोक्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कारबाही रोक्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो । उनीहरूले संसद् सचिवालयलाई बुझाउन तयार गरेको पत्रमा आफूहरूमाथिको कारबाही गैर कानुनी र पार्टीको विधान विपरीत रहेको उल्लेख छ ।

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको थियो । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस