दल विभाजनको अध्यादेश आजै जारी हुन्छ : राष्ट्रपति कार्यालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दल विभाजनको अध्यादेश आजै जारी हुन्छ : राष्ट्रपति कार्यालय


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । राजनीतिक दल सम्बन्धी अध्यादेश आज जारी हुने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको अध्यादेश आज जारी हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

मङ्गलवार नै जारी हुने भनिएको अध्यादेश राष्ट्रपति कार्यालय अबेर पुगेकाले आज जारी हुने बताइएको छ ।

अध्यादेशमा पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा २० प्रतिशत सदस्य सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस