प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना, ‘स्ट्रोक’ भएको पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना, ‘स्ट्रोक’ भएको पुष्टि


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । लोकप्रिय प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना भएका छ । मङ्गलवार दिउँसो एक्कासि बेहोस भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो ।

पारिवारिक स्रोतका अनुसार उनलाई उपचारमा संलग्न चिकित्सकले ‘स्ट्रोक’ भएको बताएका छन् । उनलाई अहिले सीसीयुमा राखेर उपचार भइरहेको छ ।

७६ वर्षीय टुहुरे वि.स.२०२४ सालदेखि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । २०३४ सालमा आएको उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत सबैभन्दा चर्चित गीत हो । अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो ।

उनको स्थायी घर सुनसरीको धरान हो । उनको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद्समेत बनेका थिए ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाउण्डेसन अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस