नयाँ तीज गीत बजारमा : ‘दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ’ (भिडिओसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ तीज गीत बजारमा : ‘दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ’ (भिडिओसहित)


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको नयाँ तीज गीत बजारमा आएको छ । बजारमा सार्वजनिक भएको केही दिनमै लोकप्रिय बन्न सफल भएको नयाँ तीज गीत ‘कुरा बुझ्न पर्छ’ समाज रूपान्तरणको आयाम बन्न सक्छ । सामाजिक रीतिस्थिति, परम्परालाई परिवर्तन गर्न उक्त गीतले सहयोगी भूमिका निर्वाह गर्नेमा आशङ्का छैन ।

गीतको बोल यस्ताे छ‍…

कुरा बुझ्नु पर्छ, जसले माया गर्छ उसलाई जोबन खर्च
………………………..
दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ,
बिहान बेलुका घरमा सधैँ आनन्दको लाइफ

उसो त नयाँ नयाँ प्रस्तुति बजारमा पस्किन माहिर गायक सपुतका हरेक गीत सामाजिक यथार्थतालाई झल्काउने खालका हुन्छन् । नयाँ युवा पुस्ता र आधुनिक समयमा छोरीहरूलाई पनि अब्बल बनाउने र आत्मनिर्भर बनाउनमा प्रेरणादायी गीत रहेको छ । गीतको भिडिओमा आधुनिक समाजलाई कलात्मकरुपमा प्रस्तुति दिइएको छ ।

यस गीतमा शान्ति श्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गायक सपुतकै निर्देशनमा रहेको गीतमा स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनिल विकको अभिनय रहेको छ ।

भिडिओ :

Tags :
प्रतिक्रिया दिनुहोस