प्रधानमन्त्री देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र डा.केसीबीच आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो ।

यसअघि डा. केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँच बुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी रहेको अवस्थामा डा. केसीले आफ्ना मागका सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल गरिरहेको स्रोतले बताएका छन् ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका थिए । उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस