पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन गरी १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै मंगलबार १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।

२४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस