वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. कोइरालाको निधन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. कोइरालाको निधन


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ ।

लामो समयदेखि मुटुको समस्या झेल्दै आएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्व कोइरालाका आफन्त मधुविलास पौडेलले राससलाई जानकारी दिए । उनीहरु दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो ।

विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मिएका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालकसमेत थिए ।

नेपालको आयुर्वेदिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन महत्वपूर्ण भूमिका खेल्ने कोइरालाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा प्रभु ऋषि आयुर्वेदसमेत सञ्चालनमा ल्याएका थिए ।

काठमाडौँको रानीवनमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने तयारीमा रहेका स्व कोइरालाले अमेरिका र युरोप पुगेर नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका सम्भावनाका बारेमा प्रवचन दिनुका साथै विरामीको स्वास्थ्य परीक्षण गर्दै आएा थिए । उनी क्लासिकल हर्बल प्रोडक्ट प्रालिका अध्यक्ष थिए ।

लमजुङको दुराडाँडास्थित सर्वोदय उच्च माध्यमिक विद्यालयमा कक्षा ६ सम्मको अध्ययन गरेका स्व कोइरालापछि नवलपरासी बसाइँसराइ गरे थिए । हाल काठमाडौँको धापासीमा बस्दै आएका स्व कोइरालाका श्रीमती, दुई छोरा र एक नाति छन् । उनीहरु दुवै छोरा चिकित्सक छन् । उनी आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस