प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ। प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम शपथग्रहण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपति भण्डारीले मंगलबार उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस