माधव नेपालले केन्द्रीय सदस्यहरूलाई फोनबाटै भने –‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपालले केन्द्रीय सदस्यहरूलाई फोनबाटै भने –‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमाले विभाजनको प्रक्रिया आजैबाट सुरु हुने सङ्केत देखिएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरे लगत्तै छुट्टै दल दर्ता गर्ने तयारी भइरहेको नेपालनिकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत सङ्कलन गरिसकेको स्रोतका भनाइ छ ।

नेपाल पक्षका एक केन्द्रीय सदस्यले प्रशासनलाई भने,‘कमरेड माधवले भर्खरै फोन गरेर अध्यादेश आउँदै छ, आजै दल दर्ता गर्नु पर्ने हुनसक्छ । तयार भएर बस्नु भन्नुभयो ।’

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेपाल पक्ष आजै निर्वाचन आयोग जाने स्रोतले बतायो ।

आज मन्त्रिपरिषद् बैठक पनि बसेको थियो । निर्णय के गर्‍यो सार्वजनिक गरेको छैन । यद्यपि दल विभाजनको अध्यादेश सार्वजनिक गर्ने भन्ने चर्चा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस