अफगानिस्तानका सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अफगानिस्तानका सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ। तालिबानले सबै सरकारी अधिकारीहरूलाई आममाफी दिने घोषणा गरेको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै यस्तो घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै उल्लेख गरेको छ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरूले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ ।’

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै मानिसहरूमा डर, त्रास र आशङ्का देखिएको बेला तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस