योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता


१ भाद्र २०७८, मंगलबार


कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।

सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताए । सचिव बुढाले हरेक काम बेलैमा गर्न र त्यसबाट प्राप्त परिणामलाई मापन गर्न सकियोस् भन्ने उद्देश्यले जिम्मेवार पदाधिकारीबीच कार्यसम्पादन सम्झौता गर्ने गरिएको बताए । यसैगरी सचिव बुढादेखि तल्ला तहका अन्य कर्मचारीबीच पनि सौझौता गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस