एमाले स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक जारी


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यस्तै सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे पनि छलफल हुने एक नेताले बताए ।

सोमबार सरकारले संसद्को अधिवेशन अन्त्य गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले दल विभाजनको अध्यादेशको मस्यौदा तयार पारेको थियो ।

एमाले विभाजनको लागि षडयन्त्र भइरहेको भन्दै सोमबार राति अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशको विरोधमा वक्तव्य जारी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस