ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

२०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिले भाद्र १ गतेदेखि लागू हुने गरी रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

करिब ३ दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धकबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षणको जिम्मेवारीमा रहेका रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबिए गरेका छन् ।

दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस