अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगे


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ। अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेत हुँदै जजिरा एयरको विमानमार्फत उनीहरू आज बिहान काठमाडौँ आइ पुगेका हुन् ।

अमेरिकी एयर फोर्सले उनीहरूलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याएको थियो ।

स्रोतका अनुसार नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । काठमाडौँ आइपुगेका उनीहरूलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस