दल विभाजनको अध्यादेश आज वा भोलि सार्वजनिक हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दल विभाजनको अध्यादेश आज वा भोलि सार्वजनिक हुने


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले दल विभाजनको अध्यादेश आज(मङ्गलवार) अथवा आज नभए भोलि(बुधवार) सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको सत्ता पक्षका एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी बैठकले दल विभाजनको मस्यौदा तयार पारेका हुन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । एमालेका नेपाल पक्षको निर्णय आउन नसक्दा सरकारले कुनै पनि काम कारबाही अगाडी बढाउन सकेको छैन । नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मात्रै अघि बढ्ने सरकारको सङ्केत देखिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने एमाले फुटाउने गरी अध्यादेश ल्याएमा क्षम्य नहुने भन्दै वक्तव्य जारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस