एमाले फुटाउने षडयन्त्र क्षम्य हुने छैन : अध्यक्ष ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले फुटाउने षडयन्त्र क्षम्य हुने छैन : अध्यक्ष ओली


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे सोमबार राति वक्तव्य जारी गरेका छन् । एक चौथाइ सदस्य भएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल सम्बन्धी अध्यादेशको मस्यौदा तयार गरे लगत्तै अध्यक्ष ओलीले आक्रोश पोख्दै एमाले फुटाउने षडयन्त्र क्षम्य नहुने बताएका हुन् ।

आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेशको मस्यौदा तयार पारेको थियो । उक्त मस्यौदामा पार्टी विभाजन गर्नका लागि एक चौथाइ अर्थात् २५ प्रतिशत सदस्य सङ्ख्या भएमा पार्टी फुटाउन सकिने व्यवस्था रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीले अध्यादेश ल्याउन लागेको थाहापाएपछि सोमबार राति दुई पृष्ठ लामो पाँच बुँदे विज्ञप्त जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘एमाले विभाजन गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको छ ।’

‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको छ’, उनले भनेका छन्।

उनले एमाले र संसदीय दलमा विभाजन ल्याउने षड्यन्त्र मान्य नहुने पनि बताएका छन्। ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुने छैन’ उनले भनेका छन्, ‘तसर्थ पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल गर्छु।’

सरकारले उक्त अध्यादेश ल्याउन लागेको थाहा पाएपछि एमालेभित्र तरङ्ग पैदा भएको छ भने नेपाल पक्ष पार्टी फुटाएर सरकारमा सहभागी हुने पक्षमा छ । नेता नेपालले भने सरकारमा सहभागी हुन सहमति जनाइसकेका छन् । सत्ता गठबन्धनले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएको छ ।

यस्तो छ वक्तव्य :

Tags :
प्रतिक्रिया दिनुहोस