मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा


३२ श्रावण २०७८, सोमबार


काडमाडौँ । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् ।

संसदबाट विश्वासको मत पाउन नसकेपछि उनले राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारको नेतृत्वको गरेको १७ महिनामै उनले राजीनामा दिनु परेको हो । उनी सन् २०२० को मार्चमा सत्तामा आएका थिए ।

पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै नागरिक स्तरबाट सरकारको तीव्र आलोचना हुँदै आएको थियो । सरकारले कामभन्दा बढी राजनीति गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस