नारायणी अस्पतालमा अख्तियारको छापा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नारायणी अस्पतालमा अख्तियारको छापा


३२ श्रावण २०७८, सोमबार


अख्तियार

वीरगन्ज । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ । 

औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।

सोमबार मध्यान्ह अख्तियारको टोलीले अस्पतालको फार्मेसी विभागमा छापा मारेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले जनाए ।

टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस