झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता


३२ श्रावण २०७८, सोमबार


मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का महेश विष्टले बताए ।

‘नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ ।’ सोही स्थान निवासी रुप विष्टले भने, ‘गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ ।’

गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिए ।

‘झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ ।’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भने, ‘प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस