२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ ।न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न भनेको हो ।

साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेश समेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन आग्रह गरेको छ ।

सर्बोच्चले भनेको छ ,‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला (४० माइक्रोनभन्दा पातलो) को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी आज २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’

अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न समेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस