२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय समितिको बैठक आजै समापन गर्ने माओवादीको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेस गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ती दुई प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । टोली नेतामा प्रदेश नं १ बाट राम कार्की, प्रदेश नं २ बाट रामचन्द्र झा, वाग्मती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश तथा प्रवासबाट युवराज चौलागाईंले अध्यक्ष दाहालका दुई प्रस्तावमाथि समूहगत रिपोर्टिङ गरेका हुन् ।

समूहगत रिपोर्टिङ गर्दै उनीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसात् गर्न माग गरेको थियो । यस्तै अमेरिकी सहयोग परियोजना एमसिसिका बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिइएको थियो ।

त्यसै गरी सरकार सञ्चालनको संयन्त्र बनाउन तथा जनयुद्धका क्रममा सहिद भएकालाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरिएको बताइएको छ । यसै गरी पार्टीको जिल्ला समितिलाई समन्वय समिति बनाउन तथा प्रदेश समितिलाई कार्यकारी बनाउने विषयमा समेत केन्द्रीय सदस्यले सुझाव दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार टोली नेताले प्रस्तुत गरेको सुझावका सन्दर्भमा जवाफ दिने तयारीका लागि स्थायी समितिको बैठक बसेको छ । केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको जवाफ अध्यक्ष दाहालले दिनेछन्। त्यसपछि आजै बैठक समापन गर्ने तयारी गरिएको छ ।