वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप


३१ श्रावण २०७८, आइतबार


वाग्मती । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दा माथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको छ । यसै गरी १८ वर्ष भन्दा माथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस